युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इञ्चार्ज ध्रुबले देशमा संकट आएको बेला युवाहरु जागेर देशको समस्याको समाधान दिन अग्रसर हुनुपर्ने बताए ।

त्यसैगरी जिल्ला सेक्रेटरी यामराजले युवाहरु सचेत हुँदै देश र जनताको मुक्तिका लागि एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढ्दै बैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने जरुरी रहेको बताए ।

चार दर्जन युवाहरुको व्यापक सहभागितामा सम्पन्न उक्त सम्मेलनले डेभिडको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयनसमेत गरेको समाचारमा जनाइएको छ । इन्द्रको सञ्चालन रहेको उक्त सम्मेलनको अध्यक्षता डेभिडले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :