भट्टको घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्न संयुक्त महिला संघर्ष समितिको माग

भट्टको घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्न संयुक्त महिला संघर्ष समितिको माग

संयुक्त महिला संघ संघर्ष समितिले भागरथी भट्टको हत्याको घटनाको न्यायिक छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गरेको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी संयोजक बन्धु चन्द, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अम्बिका मुडभरी, अखिल नेपाल महिला संघका मिना पुन, वैज्ञानिक समाजवादी महिला संगठन नेपालका धनकुमारी सुनार, नेपाल महिला फेडरेसनका आशा महर्जन र अखिल नेपाल महिला युनियनका सीता सुवेदीले संयुक्त प्रेस विज्ञप्ति जारी गरि भट्टको घटनामा संलग्न अपराधीलाई कडा भन्दा कडा सजाय, मृतक किशोरीको परिवारलाई उचित क्षतीपूर्ति र न्यायको लागि जोडदार माग गरेका छन् ।

यस प्रकारका महिला तथा बालबालिकामाथि हत्या, हिंसा जस्ता जघन्य अपराधको विषयलाई राष्ट्रिय मुद्दा बनाउन र घटना हुनै नदिन सरकारले विभिन्न नीति योजना सार्वजनिक गरोस् भनी माग समेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ -`पटकपटक यस किसिमको घटना दोहरिनुले राज्य महिला र बालबालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि संवेदनशील र जवाफदेही नभएको पुष्टि गर्छ ।´

संयुक्त महिला संघ संघर्ष समितिले अपराध विरुद्ध व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्न विभिन्न राजनीतिक दल, महिला संगठन, मानवअधिकारवादी संघसंस्थाहरुसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :