कोरोनाले आक्रान्त जनतामाथि वली सरकारको महँगीको उपहार, पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

कोरोनाले आक्रान्त जनतामाथि वली सरकारको महँगीको उपहार, पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ : कोरोना महामारीले जनजीवन आक्रान्त भएको र बजारमा उपभोग्य वस्तुको मूल्यले उपभोक्ताको ढाड सेकिरहेको बेला केपी वली सरकारले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गए रातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य बढाएको बहाना बनाउँदै नेपाल आयल निगमले पनि पट्रोलियम पदार्थको मूल्य बढाएको छ तर स्मरणीय मात्र नभएर विचारणीय कुरा के छ भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटको अनुपातमा नेपालमा मूल्य घटाइएको छैन ।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९१ रुपैयाँ पुर्याइएको छ । हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :