राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेश संयोजकमा रिजाल

काठमाडौँ : राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशको शनिबार भएको भेलाले विष्णु रिजाललाई संयोजकमा चयन गरेको छ ।

राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घका कार्यालय सदस्य तथा ५ नं. (लुम्बिनी प्रदेश) का इन्चार्ज पिताम्बर पुनको प्रमुख आतिथ्य र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवम् ५ नम्बर प्रदेश इन्चार्ज प्रेम सुवेदीको विशेष आतिथ्यमा सम्पन्न भेलाले १५ सदस्यीय प्रदेश भेला आयोजक समिति गठन गरेको हो ।

प्रदेश समितिका सदस्यहरूमा अशोक थापा, खिलराज खाती, रामकुमारी चौधरी, भक्तबहादुर श्रीस, खुमानन्द भुसाल, कृष्ण राना, गणेश ढकाल, प्रेमबहादुर वली, सरोज राना, टुकलाल पुनलगायत रहेको महासङ्घ केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :