दलाल पुँजीवादी युगलाई वैज्ञानिक समाजवादी युगले विस्तापित गर्छ : विप्लव, महासिचव – नेकपा

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सामन्तवादी युगलाई पुँजीवादी युगले विस्थापीत गरे जस्तै यो दलाल पुँजीवादी युगलाई पनि वैज्ञानिक समाजवादी युगले विस्थापित गर्ने बताउनु भएको छ । शनिबार सगरमाथा टेलिभिजनसँगको विशेष कुराकानीमा उहाँले उक्त विचार ब्यक्त गर्नुभएको हो ।

महासचिव विप्लवले यो संसदीय पुँजीवादी गोलचक्करबाट कोहीपनि सन्तुष्ट नभएको भन्दै वैज्ञानिक समाजवादी ब्यवस्थाबाट नै यसको समाधान हुनेछ । त्यसको लागि जनताले विश्वास गर्नुपर्छ । आजको विश्व व्यवस्था एकातिर छ तपाईहरु कसरी समाजवाद स्थापना गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उहाँले साम्राज्यवादीहरुले प्रचार गरेजस्तो हामी एकदलीय होइनौं, हामी जनताको प्रतिस्पर्धात्मक व्यवस्थामा जाने हो ।

समाजवादी व्यवस्थाले नै पेरिसमा महिलालाई र रसियामा मजदुरहरुलाई मतदानको अधिकार दिएको प्रशंग उल्लेख गर्दै विप्लवले अहिले नेपालमा अधिकारको होइन पैसाको प्रतिस्पर्धा भइरहेको र संसदीय व्यवस्थाले जनताको अधिकारको समाधान र सम्मान गर्न नसकेकोले अब समाजवादी व्यवस्थामा जाने आधार तयार भएको छ ।
स्थानीय चुनाव खारेजीको क्रममा देशभर बम पड्काइएको बारेमा उनले भने दिन दहाडै विदेशी आएर नेपाली नागरिक गिरफ्तार गर्छ र मार्छ तर यहाँको राज्य पिसाव फेरेर बस्छ । विदेशीसामु शीर झुकाउने र भ्रष्टाचारले व्याप्त व्यवस्थाप्रति कोहीपनि सहमत नभएकोले सानो स्तरमा प्रतिरोध स्वरुप जनताले बम पड्काएका हुन् भोली त यो ठूलो स्तरमा जान्छ । विभिन्न पार्टीहरुसित एकता चलिरहेको बारेमा विप्लवले भने यो कम्युनिष्टहरुबीचको ध्रुवीकरण हो निरन्तर चलिरहने छ ।

मान्छे मात्र धेरै भएको पार्टी बनाउदैनौं, विचारको आधारमा कम्युनिस्ट पार्टीहरुवीच ध्रुवीकरण भइरहेको छ । स्वाधीनताको पक्षमा कार्यक्रम मिल्ने सच्चा प्रजातन्त्रवादी र देशभक्तहरुसित कार्यगत एकता गछौं । एक प्रशंगमा शेरबहादुर देउवा र प्रचण्डको गठजोडलाई विप्लवले प्रहसन भन्नु भएको छ ।

कुनैबेला संसदीय व्यवस्थालाई प्रचण्डले साम्राज्यवादी बहुदल भनेको र देउवाहरु सहमतीबाट भागेको स्मरण गर्दै विप्लवले अहिले उनीहरु जनताको मुद्दाबाट विचलित भएर आफ्नो रक्षाको लागि राजनीति गरिरहेकोले उनीहरु पछि पछुताउने ठोकुवा गर्नुभएको छ ।

अर्को एक प्रशंगमा उनले कुनैबेला राष्ट्रवादी देखिने प्रचण्ड आज दलाल जस्ता र कुनै बेलाका दलाल केपी ओली आज राष्ट्रवादी जस्तो देखिएको भन्दै प्रतिरोध विनाको एमालेको राजनीति टिक्न नसक्ने उहाँको दावी छ ।

भिडियोसहित

२०७४ भदौ ३१ गते अपरान्ह ३ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :