केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहलाई शुक्रबार धनुषा प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी नेकपा, महोत्तरीका जिल्ला नेता तथा जनसरकार प्रमुख बशिष्ट मिश्रलाई पनि महोत्तरीबाट पक्राउ गरिएको छ । नेकपा, पूर्वी कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सो गिरफ्तारीको निन्दा गर्दै तत्काल रिहा नगरे प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै नेता सुदर्शनले सो चेतावनी दिनुभएको हो ।

२०७४ भदौ ३१ गते अपरान्ह ३ः०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :