रेजिना नेपालीकाे बलात्कार र हत्याका अपराधीकाे संरक्षणमा प्रहरी प्रशासन लागेकाे गम्भीर आराेप

काठमाडौँ : एकीकृत दलित मुक्ति माेर्चा नेपालले एक वक्तव्य जारी गर्दै बाजुरा बुढिगङ्गा नगरपालिका वडा नं. १ बस्ने वर्ष १७ की रेजिना नेपालीकाे बलात्कार र हत्यामा संलग्न अपराधीहरुकाे संरक्षणमा स्वयम् प्रहरी प्रशासन लागेकाे गम्भीर आराेप लगाएकाे छ । माेर्चाका संयाेजक दर्शन नेपालीले मंगलबार एक प्रेस वक्तव्यमार्फत् यस्ताे आराेप दावी गर्नुभएकाे हाे ।

वक्तव्यमा भनिएकाे छ, “रेजिना नेपालीकाे शव २०८०/९/०२ गतेका दिन घरमै झुण्ड्याईएको अवस्थामा भेटिएको र उक्त घटनामा प्रहरी प्रशासनले देखाएको निच हर्कतको  घटनाले हाम्रो मोर्चा एकीकृत दलित मुक्ति मोर्चा नेपाल ” को गम्भीर ध्यानाकर्षण भएको छ ।”

वक्तव्यमा उक्त घटनाकाे विवरण उल्लेख गर्दै भनिएकाे छ, “बुवा आमा रोजगारीको सिलसिलामा भारत गएको वेला  बाजुरा खप्तड छेड्दह गाँउपालीका वडा न ७ वर्ष ४५ को  से १ ज ११८८ नम्बरको सवारी चालक अर्जुन रावत भन्ने ब्यक्तिबाट ४ जना किशोरीहरु यौन हिंसाको शिकार भएको र रेजिना नेपालीको  बलात्कार पछि हत्या गरिएको घटनामा पीडित परिवारले २०८० पौष ४ गते बाजुरा प्रहरी प्रशासनमा किटानी जाहेरी दर्ता गर्न जादा पोष्टमार्टम रिपोर्ट विना जाहेरी लिन इन्कार गर्नु, र फेक पोष्टमार्टम रिपोर्ट बनाई ३२ दिनपछि घटनालाई कमजोर बनाएर पीडित परिवारले तयारी गरेको जाहेरी प्रहरी प्रशासनको दबाबमा सच्याएर आत्महत्या दुरुत्साहानको जाहेरी बनाई  प्रहरी प्रशासन बाजुराले दर्ता गर्नुले दलित, उत्पीडित समुदाय र नागरिकप्रति प्रहरी प्रशासन कति जिम्मेवार छ भन्ने कुराको चित्र देखाउँदछ ।”

वक्तव्यमा भनिएकाे छ, “नागरिकहरुको सुरक्षार्थ खटिएको भनिएको प्रहरी प्रशासनले खेलेको यस्तो खालको खलनायकको भुमिकाले पोष्टमार्टम रिपोर्ट र अभियुक्तको संरक्षणमामा प्रहरी प्रशासन जिम्मेवार रहेको देखिन्छ ।”

वक्तव्यमा घटनाकाे बारेमा गृहमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउँदै भनिएकाे छ, “कानुनी राज्यको वकालत गर्ने दलाल संसदीय राज्य प्रणालीको गृह प्रशासन मातहतको बाजुरा प्रहरी प्रशासनको हर्कतको यसै विज्ञप्ति मार्फत नेपाल सरकार गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । अन्यथा यस्ता खालका अपराधिक हर्कतका बिरुद्ध प्रतिरोध संघर्ष गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :