क्रान्तिकारी ट्रेड युनियन महासङ्घले फुटपाथ मजदुरका विषयमा गरायो भरतपुर महानगरको ध्यानाकर्षण

क्रान्तिकारी ट्रेड युनियन महासङ्घले फुटपाथ मजदुरका विषयमा गरायो भरतपुर महानगरको ध्यानाकर्षण

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनले भरतपुर महानगरले फुटपाथमा व्यापार गरी आफ्नो जीविका निर्वाह गर्दै आएका मजदुरमाथि ज्यादतीपूर्ण व्यवहार गरेको भन्दै त्यसप्रति सङ्गठनको ध्यानाकर्षण रहेको जनाएको छ ।

सङ्गठनका जिल्ला संयोजक ओम लामिछानेले बुधबार विज्ञप्ति जारी गरी उक्त समस्या समाधान गर्न उचित स्थानको खोजी गरी मजदुरहरूको व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।

संयोजक लामिछानेले विज्ञप्तिमा भनेका छन्, ‘अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ स्थापनाकालदेखि निरन्तर मजदुरको हकहितका निम्ति सङ्घर्षशील रहेको आमजनसमुदायमा सर्वविदितै छ । केही दिनयता भरतपुर महानगरले फुटपाथमा व्यापार गरी आफ्नो जीविका निर्वाह गर्दै आएका मजदुरमाथि महानगरको आदेशमा नगर प्रहरीले ज्यादतीपूर्ण व्यवहार गरेकोप्रति हाम्रो सङ्गठनको ध्यानाकर्षण रहेको छ । उक्त समस्या समाधान गर्न उचित स्थानको खोजी गरी मजदुरहरूको व्यवस्थापन गर्न अनुरोध गर्दछौँ । ’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :