गाजामा भइरहेको नरसंहार रोक्न नागरिक अगुवाहरुको आग्रह

गाजामा भइरहेको नरसंहार रोक्न नागरिक अगुवाहरुको आग्रह

काठमाडौँ : नेपालका नागरिक अगुवाहरूले प्यालेस्टाइन गाजामा भइरहेको नरसंहार रोक्न आह्वान गरेका छन् । उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै इजरायलले हमास नियन्त्रित गाजामा नरसंहार गरेको आरोप लगाएका छन् ।

नागरिक अगुवाहरू पिताम्बर शर्मा, खगेन्द्र संग्रौला, झलक सुवेदी, सुधिर शर्मा, मानुषी यमी भट्टराईलगायत २६ जना अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सन् १९४८ देखि इजरायलले प्यालेस्टाइनीहरूलाई राज्यबिहीन बनाएको भन्दै अहिले गाजामा प्यालेस्टाइनीहरूलाई सखाप पार्न इजरायलले आक्रमण गरिरहेको बताएका छन् ।

इजरायलको यो कदममा अमेरिका र उसका युरोपेली समर्थकले समर्थन जनाएको भन्दै आपत्तिसमेत प्रकट गरेका छन् । उनीहरूले गाजाको अल अहली अरब अस्पतालमा इजरायलले आतंकवादी आक्रमण गरेको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले ७ अक्टुबरमा हमासले इजरायली सैन्य र गैरसन्य नागरिकको हत्या गरेकोसमेत बताएका छन् । उनीहरूले आफूहरू आम प्यालेस्टाइनी जनताको पक्षमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :