प्यालेस्टाइनमाथिकाे युद्ध अपराध राेक : क्रान्तिकारी कम्युनिस्ट पार्टी

प्यालेस्टाइनमाथिकाे युद्ध अपराध राेक : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ : इजरायलमा भइरहेको युद्धविरुद्ध नेपालमा प्रदर्शन गरिएको छ । मङ्गलबार मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौँस्थित इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्ताेलाकाे नेतृत्वमा गएकाे टाेलीले इजरायली दुताावासमा ज्ञापन पत्र बुझाउन प्रयास गरे पनि दुतावासले ज्ञापन पत्र बुझ्न नमानेपछि सडकमै प्रदर्शनसहित ज्ञापन पत्र वाचन गरेर प्रवक्ता कञ्चनले सार्वजनिक गर्नुभएकाे थियाे ।

नेता कञ्चनले मङ्गलबार दिउँसो इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाउनु भएकाे थियाे । प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न जाेडदार माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :