प्रचण्ड सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

‘पेट्रोल ४ रुपैयाँ, डिजेल र मट्टीतेल ३ रुपैयाँ तथा खाना पकाउने ग्यासमा २३५ रुपैयाँ’

प्रचण्ड सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : बजारमा उपभोग्य वस्तुको मूल्यले उपभोक्ताको ढाड सेकिरहेको बेला प्रचण्ड सरकारले सर्वसाधारणमाथि भार थपेर फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ बढाएको हो ।

अब काठमाडौँमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।

अब नयाँ मूल्य सूची भोलि १५ गते (शुक्रबार) बिहान १ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :