मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार कम्युनिस्ट पार्टीकाे आव्हान्

मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार कम्युनिस्ट पार्टीकाे आव्हान्

हेटाैँडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला इन्चार्ज गगन, नेकपा ‘विप्लव’ का प्रतिनिधि सुर्य गाेले, नेकपा ‘कट्टेल’ का केस साेमनाथ तिम्सिना, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधिले मकवानपुरबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न जिल्लाका राप्सिङ, कैलास र हेटाैँडा उप-महानगरबासी जनतालाई आव्हान् गरेका छन् । एमसीसी परियाेजना लागू भए नेपाल युक्रेनजस्तै युद्धबाट ध्वस्त हुने चेतावनी दिँदै नेताहरूले जिल्लाबासी जनतालाई यस्ताे आव्हान् गरेका हुन् ।

एमसीसी परियाेजना कार्यान्वयन विरुद्ध चार कम्युनिस्ट पार्टी, नेपालले हेटाैँडामा आयाेजना गरेकाे विराेध प्रदर्शनलाई सम्बाेधन गर्दै नेताहरूले कुनै पनि हालतमा एमसीसी परियाेजना कार्यान्वयन गर्न दिन नहुने पक्षमा वक्ताहरूले आफ्नाे भनाइ जाेडदार रुपमा राखेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी जिल्ला संयाेजकले सञ्चालन गरेकाे विराेध सभाकाे कार्यक्रमअघि हेटाैँडाकाे बुद्धचाेकबाट निकालिएकाे विराेध जुलुसले नगरपरिक्रमा गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :