“पुष्पलाल र अब अगाडि” विषयक विचार गोष्ठी सम्पन्न

“पुष्पलाल र अब अगाडि” विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महामन्त्री पुष्पलालको ४५औँ स्मृति दिवसका सन्दर्भमा राजनीतिक संवाद थालनीले शनिबार “पुष्पलाल र अब अगाडि” विषयक विचार गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न गरेको छ ।

थालनीका संयोजक सङ्गीतले प्रस्तुत गरेको कार्यपत्रमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य सिपी गजुरेल, वरिष्ठ मार्क्सवादी चिन्तक तथा समालोचक निनु चापागाईं, नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढा र नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले टिप्पणी गर्नुभएको थियो ।

कार्यपत्रमा सहभागीहरुका तर्फबाट उदय अधिकारी, महेश्वर श्रेष्ठ, बाबुराम अधिकारी, सुर्जन तिवारीलगायतले आफ्ना विचार र सुझावहरु राख्नुभयो । राजनीतिक संवाद थालनीका सचिव ललितजन रावलले गोष्ठीमा स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रमोद धितालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :