क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता र गृहमन्त्रीबीच भेटवार्ता

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता र गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कन्चन’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशबीच शुक्रबार भेटवार्ता भएको छ ।

सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न, तत्कालीन नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलका हत्यारालाई कारवाही अगाडि बढाउन र हत्या गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन प्रवक्ता कञ्चनले ध्यानाकर्षण गराए । सो अवसरमा कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले आफ्नो छोराको हत्यारालाई कारवाही गर्न माग पनि गरिन् ।

गृहमन्त्री श्रेष्ठले कुमार पौडेललाई राजनैतिक प्रतिशोधको कारणले हत्या गरिएको र घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :