क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको एकता अधिवेशन तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको एकता अधिवेशन तथा बैठक सम्पन्न

डोटी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको एकता अधिवेशन तथा बैठक सोमबार सम्पन्न भएको छ । सम्पन्न बैठकले निरजको संयोजकत्वमा सह–संयोजकद्वय निर्मल र आकाश गरि २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । साथै उक्त बैठकले “जनसम्पर्क तथा भेटघाट” नामक अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

डोटी जिल्लाको एकता अधिवेशन तथा बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ७ नम्बर प्रदेश संयोजक महानले नेपालका कम्युनिस्ट पार्टी टुटफुटमा मात्र रमाउँछन् भन्नेहरुको सामुन्नेमा दुइ पार्टीको एकताले बलियो झापड दिएको बताएका छन् । अर्को प्रसङ्गमा डोटेली जनताहरू पनि राज्यसत्ताबाट उत्पीडन भएकोले सशक्त रुपमा विद्रोह गरि जनताको सत्ता स्थापना गर्नुपर्ने बताए । यस्तै केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश कार्यालय सचिव संघर्षले पार्टी एकताको भाव प्रत्येक कार्यकर्ता र जनताको घर–घरसम्म पुर्याउनु पर्ने बताए । साथै उनले भ्रष्टाचारी र घुसखोरीहरुको भण्डाफोर तथा जनकारवाही गर्नुपर्ने बताए ।

जिल्ला संयोजक निरजको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ७ नम्बर प्रदेश संयोजक महान र अतिथिहरुमा प्रदेश कार्यालय सचिव संघर्ष र जिल्ला इन्चार्ज सन्देश रहेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सह–संयोजक निर्मलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :