विप्लवसँग एकता हुन सक्छ : मोहन वैद्य ‘किरण’

काठमाडौं : आइतबार मात्र नेकपाका महासचिव विप्लवले ध्रुवीकरण कार्यक्रममा ‘किरणसँग एकता हुन सक्ने तर प्रचण्डसँग छलफल पनि हुन नसक्ने’ बताउनु भएको बेला नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कुनै पनि हालतमा पार्टी एकता नहुने तर विप्लवसँग एकता हुन सक्ने बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता किरणले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष किरणले नेकपा र नेकपा (मसाल)सँग भने कार्यगत एकता भएकाले एकता हुन सक्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

किरणसँग एकता हुन सक्ने तर प्रचण्डसँग छलफल पनि हुन नसक्ने – विप्लव

२०७४ भदौ २७ गते १९ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :