किरणसँग एकता हुन सक्ने तर प्रचण्डसँग छलफल पनि हुन नसक्ने – विप्लव

रुसी खु्रश्चेभ र नेपाली प्रचण्ड एउटै हो

विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकता हुन सक्ने तर त्यसका लागि क्रान्ति गर्ने उच्च मनोवलको आवश्यकता पर्ने बताउनुभएको छ । आज काठमाडौंमा भएको कम्युनिस्ट क्रान्तिकारीहरुको  ध्रुवीकरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले प्रचण्ड माओवादीसँग भने एकताको कुनै सम्भावना नरहेको बताउनु भयो । उहाँले सोभियत संघको ख्रु्रश्चेव र नेपालको प्रचण्ड एउटै चरित्रको भएको पनि बताउनु भयो ।उहाँले प्रचण्ड माओवादी र नेकपा अहिले ठिक विपरित  ध्रुवमा रहेको भन्दै एकताको कुनै सम्भावना छैन भन्नुभयो । मानव जातिको सवैभन्दा उत्कृष्ट व्यवस्था वैज्ञानिक समाजवाद भएको भन्दै महासचिव विप्लवले पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताउनु भयो । व्यक्तिगत स्वार्थको लागि क्रान्ति बेच्ने कुरा सम्भव नभएको भन्दै उहाँले पार्टीलाई दुरुपयोग गर्ने अधिकार कसैलाई छैन भन्नुभयो । राष्ट्रिय स्वाधिनताको विषयमा एकशब्द पनि बोल्न नसक्ने शासकहरुले आफनो कुर्सिको लागि दिल्लीमा गएर आत्मसमर्पण गर्नुले  देशलाई लज्जीत  बनाएको महासचिव विप्लवको भनाई छ ।

२०७४ भदौ २५ गते २२ः११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :