जनयुद्धका मुद्दा ब्युँताएर गिरफ्तार

काठमाडौं : सोमबार इलामबाट ५ जना कार्यकर्तालाई जनयुद्धकालीन मुद्दा व्युँताएर प्रहरीले गिरफ्तार गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टीका, प्रवक्ता, प्रकाण्डले द्वन्द भट्काउने खालको षड्यन्त्र नरोके कडा संघर्ष गर्ने बताउनुभएको छ । मंगलबार ई–रातोखबरसँग कुरा गर्दै सो कुरा बताउनु भएको हो । जनयुद्धकालीन मुद्दा व्युंताएर आफ्ना कार्यकर्ताहरुलाई देउवा–प्रचण्ड सरकारको प्रशासनले गिरफ्तार गरेकोप्रति नेकपा इलामले पनि घोर भत्र्सना गरेको छ । इलाम जिल्लाको माइजोममाई गाउपालिका ४, नामसालिङका तत्कालीन नेकपा (माओवादी) सम्वद्ध गाउँजनसरकार प्रमुख मानबहादुर लिम्बु, स्थानीय जनताहरु क्रमश मानबहादुर राई, विर्खमान राई, दिलबहादुर राई र राम राईलाई जनयुद्धकालीन मुद्दा ब्युताएर वृस्तृत शान्ति सम्झौता विपरित सत्य निरुपण तथा मेलमिलाप आयोगकोसमेत धज्जी उडाएको बताइएको छ । विज्ञप्तिको पूर्णपाठ

२०७४ भदौ २७ गते १८ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :