नारायणगढ–मुग्लिन सडक चौबीसै घण्टा खुल्ने

काठमाडौं : दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक खण्ड बुधबारदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएको छ । सडक विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिंदै आएको थियो । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि विहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट काठमाडौं जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिंदै आएको छ । मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रातीको समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले बताएका छन् ।

२०७४ भदौ २७ गते १४ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :