‘जनतासँग बहुमत’ अभियान सञ्चालन गर्दै नेकपा (बहुमत)

‘जनतासँग बहुमत’ अभियान सञ्चालन गर्दै नेकपा (बहुमत)

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले ‘जनतासँग बहुमत’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तुलसीपुरमा शनिबार बसेको पार्टीको पाँचौँ पूर्ण बैठकले ‘जनतासँग बहुमत’ अभियान एक महिनासम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभियानका क्रममा जिल्लाभरि गाउँ, नगर, वडा भेला, सङ्गठन विस्तार, जनतासँग अन्तरक्रियालगायत विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिने नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जनाएको छ ।
बैठकमा पार्टीको चुनाव अवज्ञा कार्यक्रमको समीक्षा गर्दै दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ ।
बैठकमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा जिल्ला इन्चार्ज तिलक पुनले कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएका थिए । पार्टी जिल्ला संयोजक वीरेन्द्रले बैठकमा प्रस्तुत रिपोर्टका जिज्ञासाका सम्बन्धमा स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :