सुकुमबासीको प्रतिरोधको प्रशंसा गर्दै नेकपा (बहुमत) ले भन्यो– उत्पीडित जनता प्रतिरोधकै बाटो वैज्ञानिक समाजवादमा अघि बढ्नेछन्

सुकुमबासीको प्रतिरोधको प्रशंसा गर्दै नेकपा (बहुमत) ले भन्यो– उत्पीडित जनता प्रतिरोधकै बाटो वैज्ञानिक समाजवादमा अघि बढ्नेछन्

काठमाडौँ: नेकपा (बहुमत) ले काठमडौँ महानगरपालिकाको बालेन शाह प्रशासनले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमबासी बस्तीमाथि हमला गर्न पठाएका ३ वटा डोजर र दर्जनौँ महानगर प्रहरीमाथि सुकुमबासीले गरेको प्रतिरोधको प्रशंसा गरेको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासीको प्रतिरोधबाट डोजर फर्कन बाध्य भएको घटनाबाट नेपाली शोषित–उत्पीडित जनसमुदायको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गम्भीर ध्यानाकर्षण भएको र राज्यसत्ताले सुकुमबासी समस्या व्यवस्थापन नगरेमा सुकुमबासीलगायत आमशोषित–उत्पीडित जनसमुदाय प्रतिरोधमा उत्रेर जमिनमाथि आमनागरिकको जन्मसिद्ध अधिकारसहित स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढ्ने चेतावनी पनि दिएका छन् ।
प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘आज सोमबार दिउँसो चार बजे काठमाडौँ महानगरपालिकाको बालेन शाह प्रशासनले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमबासी बस्तीमाथि ३ वटा डोजर र दर्जनौँ महानगर प्रहरीसहित हमला गर्न जाँदा सुकुमबासीहरूको प्रतिरोधबाट डोजर फर्कन बाध्य भएको घटनाबाट नेपाली शोषित–उत्पीडित जनसमुदायको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशभर ६० लाखको सङ्ख्यामा रहेका सुकुमबासीलाई बिनाकुनै छानबिन र बिनाकुनै विकल्प सरकारले ठाउँठाउँबाट लखेटेका घटना दोहोरिएका छन् । हामी सङ्घीय सरकार र स्थानीय सरकारलाई वास्तविक सुकुमबासी र नक्कली सुकुमबासी वैज्ञानिक रूपमा छानबिन गरी वास्तविक सुकुमबासीका लागि उचित स्थान र व्यवस्थापन गरी उनीहरूलाई ससम्मान सारियोस् भनी जोडदार माग गर्दछौँ । राज्यसत्ताले यो व्यवस्थापन गरेन भने सुकुमबासीलगायत आमशोषित–उत्पीडित जनसमुदाय प्रतिरोधमा उत्रेर जमिनमाथि आमनागरिकको जन्मसिद्ध अधिकारसहित स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढ्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :