नेकपा (बहुमत) का सिराह–सप्तरी इन्चार्ज सहित २ गिरफ्तार, विनाशर्त रिहा गर्न पार्टी प्रवक्ताको माग

नेकपा (बहुमत) का सिराह–सप्तरी इन्चार्ज सहित २ गिरफ्तार, विनाशर्त रिहा गर्न पार्टी प्रवक्ताको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सिराह–सप्तरी इन्चार्ज गणेश साह र सिराह संयोजक उचित महरालाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार बेलुका आफ्नै घरमा खाना खाईरहेको अवस्थामा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको नेकपा (बहुमत) ले जनाएको छ ।

घरमा बसिरहेको अवस्थामा आफ्नो पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेपछि नेकपा(बहुमत)ले विनाशर्त रिहाईको माग गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । बहुमतका प्रवक्ता सुदर्शनले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रको दुहाई दिदै हिडेको देउवा सरकारले विनाकारण राजनीतिक पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :