एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै उनको निर्वाचन क्षेत्रका बजारहरूमा कालो ब्यानर प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ, रूपन्देही र अखिल नेपाल किसान महासङ्घ, रूपन्देहीले सार्वजनिक स्थलहरूमा पौडेलविरुद्ध कालो ब्यानर टाँगेका हुन् ।
‘विष्णु पौडेललाई अवज्ञा किन ? कथित मङ्सिर ४ को निर्वाचन अवज्ञा गरौँ ! भूमाफिया, ललिता निवास जग्गा विवाद प्रकरणका दोषी विष्णु पौडेललाई रूपन्देही क्षेत्र नं. २ मा प्रवेश निषेध गरौँ !’ भन्दै आज बुटवलका मिलनचोक, नयाँगाउँलगायत व्यस्त बजारका सार्वजनिक स्थलहरूमा कालो ब्यानर प्रदर्शन गरी चोकचोकमा टाँगिएको अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ रूपन्देहीले जनाएको छ ।
यसअघि संसदीय चुनाव अवज्ञा गरौँ भन्दै नेकपा (बहुमत) रूपन्देहीलगायत पार्टी निकट मोर्चाहरूले कोणसभा, प्रचारप्रसार, भित्तेलेखन, अन्तरक्रियाका साथै संसदीय व्यवस्थाका उम्मेदवारहरूलाई मतदान नगर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :