नेकपा (बहुमत) द्वारा बागलुङ इन्चार्ज दलसिहंलाई अविलम्ब रिहा गर्न माग

नेकपा (बहुमत) द्वारा बागलुङ इन्चार्ज दलसिहंलाई अविलम्ब रिहा गर्न माग

काठमाडाैँ : शान्तिपूर्ण रूपमा संसदीय चुनाव अवज्ञाको प्रचारप्रसारका क्रममा पोस्टर टाँसिरहेको अवस्थामा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज दलसिंह खत्रीसहित तीनजनालाई प्रहरीले आज मङ्गलबार बागलुङ बजारबाट गिरफ्तार गरेको छ । संसदीय चुनाव अवज्ञाको प्रचारप्रसारका क्रममा पोस्टर टाँसिरहेको अवस्थामा खत्रीलाई मङ्गलबार बागलुङ बजारबाट गिरफ्तार गरेको हो । गिरफतारपछि एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा(बहुमत)का प्रवक्ता सुदर्शनले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई विनाशर्त रिहाईको माग गरेका छन् । मंगलबार साझ एक प्रेस विज्ञप्ति जारी गर्दै सुदर्शनले वर्तमान सरकारले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि गर्न, आफ्ना विचार प्रवाह गर्न पाउने भनी कथित लोकतान्त्रिक गणतन्त्रको संविधानले प्रदत्त गरेको स्वतन्त्रताको हकको पनि निर्लज्ज तरिकाले धज्जी उडाएको बताएका छन् । साथै सुदर्शनले सरकारको उक्त निन्दनीय हर्कतको घोर भत्र्सना गर्दै दलसिंहलगायत तीनैजनालाई बिनासर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :