वर्गसङ्घर्षको मुख्य आधार किसान विद्रोह

वर्गसङ्घर्षको मुख्य आधार किसान विद्रोह

कुनै पनि ठाउँमा विद्रोह हुनुभन्दा पहिला वर्गविभेद हुन्छ । त्यो वर्गविभेदवाट विद्रोह हुन्छ, विद्रोहवाट आन्दोलन जन्मन्छ । त्यसको प्रतिनिधित्व गर्ने कनै हुन्छ, त्यो नै त्यहाँको नेता हुन्छ । आन्दोलनले क्रान्ति हुन पुग्छ । नेतृत्व आवश्यकताले जन्माउँछ । विद्रोह वर्गविभेदले हुन्छ । त्यहाँ सङ्घर्ष जन्मन्छ । कुनै वर्गको प्रतिनिधित्वबाट मात्र क्रान्ति सम्पन्न हुन्छ । विश्वमा जति परिवर्तन भएका छन् ती वर्गसङ्घर्षबाट र कुनै वर्गलाई साथमा लिएर भएका छन् । जहाँ दमन हुन्छ त्यहाँ, वर्ग विभेद हुन्छ । विद्रोह जन्मन्छ र विद्रोहले क्रान्ति हुन्छ । पीडक र पीडितबीच अन्तरसङ्घर्ष चल्छ । विद्रोही जहिले पनि पीडितका पक्षमा हुन्छ । पीडितलाई न्याय दिनसके त्यो विद्रोह क्रान्तिमा परिणत हुन्छ । नेतृत्व पीडकतिर झुक्न गयो भने त्यो विद्रोह प्रतिक्रान्तिमा लाग्छ, त्यसले पीडकलाई न्याय दिन्छ ।

क्रान्ति पूरा भएर पनि पुरानो अवस्थामै फर्किएको ठाउँमा विद्रोह जारी रहेको छ । यसमा पनि क्रान्ति सफल पार्न कुनै वर्गको साथ लिएर विद्रोह ग¥यो भने सफल भएका छन् । वर्ग बिनासाथ विद्रोह भएका देशमा नेतृत्व आत्मसमर्पण गर्न पुग्ने र विद्रोह क्रान्तिमा परिणत हुन छोडेर प्रतिविद्रोह हुन पुग्छ । चीन, रुसलगायत देशमा वर्गको प्रतिनिधित्व गरी वर्गसङ्घर्षबाट विद्रोह क्रान्तिमा परिणत भयो । नेपाललगायत देशहरूमा वर्ग भए पनि कुन वर्गको स्वार्थमा कसका विरुद्ध सङ्घर्ष भन्ने नटुङ्गिँदा नेतृत्व आत्मसमपर्णमा फस्ने, पुरानो सत्तामा लिप्त भएकाले विद्रोह क्रान्तिमा परिणत हुन छोडेर फेरि विद्रोहको जन्म भएको छ । भएको विद्रोह नेतृत्व पङ्क्ति टुट, फुट र विभाजनमा जाने र प्रतिविद्रोह हुने गरेका उदाहरण छन् । यस्ता विद्रोहहरू पटकपटक भएका छन् । दास र मालिकबीच सामन्तवादी र सर्वसाधारणवीच र अहिले विश्वमा पुँजीवादी र सर्वहाराबीच विद्रोह चलेको छ जुन कम्युनिस्टको नेतृत्वमा पुँजीवादको अन्त्य गरी समाजवादको विकास गर्नु आजको आवश्यकता बनेको छ ।

सामन्तवादी युगमा जमिनदार र साना किसानका बीच लडाइँ थियो । आज उद्योगपति र कामदारबीच वा मालिक र मजदुरबीचको लडाइँ विश्वमै चलेको छ । यसको प्रतिनिधित्व कम्युनिस्टले गरेको छ । सर्वहारा वर्ग को हो र पुँजीवादी वर्ग को भन्ने राम्ररी छुट्ट्याएर आजको विद्रोह गर्न जरुरी छ । पुँजीको विकास भएसँगै पुँजीवादी वर्गको समर्थनमा साम्राज्यवादी शक्ति हात धोएर लगेको पाइन्छ भने यसलाई अन्त्य गर्न समाजवादी व्यवस्था कायम गर्न कम्युनिस्टहरू विद्रोहमा लगेका छन् । मजदुर र किसानको साथमा कम्युनिस्ट छन् । उद्योगी–पुँजीवादीको साथमा पुँजीवादी नै लागेका छन् । आजको यो अन्तरसङ्घर्ष काम गर्नेलाई खान देऊ भनेर विद्रोह गर्ने पीडितका पक्षमा कम्युनिस्ट लागेका छन् भने उद्योग गरेपछि नाफा कमाउन पाउनुपर्छ, सस्तोमा कामदार लगाउन पाउनुपर्छ भनी पँुजीवादी लागेका छन् । पीडकका रूपमा पुँजीवाद उदाएको छ । यसको नेतृत्व साम्राज्यवादले गरेको छ । सर्वहारा वर्गमा संसारका श्रमजीवी लागेका छन् । यसको साथ कम्युनिस्टले दिएका छन् ।

आजको विश्वमा जसले मरीमरी काम गर्छ उसलाई खान पुग्दैन । जसले सामान उत्पादन गर्छ उसले बजार पाउँदैन । जसले उद्योग खोल्छ ऊ मालामाल हुन्छ । जसले उत्पादनका सामान बजारमा व्यवस्थापन गर्छ उसको बजार हुन्छ । ऊ मोजमस्तीमा काम नगरी डुलिरहेको हुन्छ । त्यसैले आजको वर्गसङ्घर्ष भनेको फ्याक्ट्रीका काम गर्न मजदुर र उद्योगको मालिकको, उत्पादन गर्ने साना उत्पादन किसान र भूमाफिया, बजार व्यवस्थापन गर्ने बिचौलियाबीचको वर्ग सङ्घर्ष भएर उदाएको छ । जहाँ यी वर्गको साथ लिएर विद्रोह भएका छन् त्यहाँ क्रान्ति सफल भएका छन् । यी वर्गको साथ नलिई वा प्रतिनिधित्व नभएका ठाउँमा विद्रोह भए पनि त्यो सीमित उपलब्धिकै बीचमा सम्झौतामा टुङ्गिने, नेतृत्व निश्चित सम्झौताबाट पुरानो सत्तामा विलय हुने, विद्रोह क्रान्तिमा परिणत नभई बीच बाटोमा अलमलिने, सत्तामा फस्ने, विद्रोहबाट फेरि प्रतिविद्रोह हुन जाने र विद्रोही शक्ति टुटफुट हने गरेको पाइन्छ ।

रुसमा १९ औँ शताब्दीको सातौँ दशकमा भूदासमा आधारित जमिनदारी प्रथा अर्थतन्त्रको मुख्य रूप थियो । भूदासप्रथाअन्तर्गत उद्योगको सच्चा विकास हुन सक्दैनथ्यो । खेतीमा भूदासहरूको अनिच्छुक श्रमको उत्पादकत्व निम्नस्तरको थियो । आर्थिक विकासको सम्पूर्ण क्रमले गर्दा भूदासप्रथा उमूलन्न गर्नु आवश्यक हुन गयो । क्रिमियाली युद्ध हारेर निर्धाे भएको र किसान विद्रोहदेखि डराएको जार सरकारले १८६१ मा बाध्य भएर भूदास प्रथाको उन्मूलन गर्नुपर्यो । भूदास प्रथा उन्मूलन भइसकेपछि पनि जमिनदारहरूले किसानमाथि थिचोमिचो गरी नै राखे । जमिनदारहरूले किसाहरूबाट पहिले उपयोग गरिएको जमिन धेरै भाग काटेर लिए, लुटे । जमिनदारहरूले शोषणका विभिन्न उपायद्वारा (कुत, जरिबाना) पछौटे किसान खेतीलाई कमजोर पारे । जमिनदारको थिचोमिचोले गर्दा किसान वर्ग आफ्नो खेती सुधार गर्न असमर्थ रह्यो । अतः क्रान्तिअघिको रुसमा कृषि ज्यादै पिछडिएको थियो । त्यसले गर्दा बराबर बाली बिग्रने र अनिकाल पर्ने गथ्र्यो । भूदासप्रथाको अवशेष चर्काे–चर्काे कर र जमिनदारलाई तिर्ने मुक्तिधन प्रायः किसान परिवारको आम्दानीभन्दा बढी हुन्थ्यो । त्यसैले गर्दा किसान टाट भए, मगन्ते स्थितिमा पुगे र उनीहरू जीविकाको खोजीमा आफ्नो गाउँ छोडेर जान बाध्य भए । उनीहरू कलकारखानामा काम गर्न गए । यो कारखाना मालिकहरूका लागि सस्तो श्रमशक्तिको स्रोत वन्यो । यसमा मुख्य शक्ति सहरका मजुदर भएकाले र सहरमा कारखानाका मालिकले सस्तो श्रम लगाउने र मुनाफा उद्योगीले लिने गरेका थिए । त्यहाँ काम गर्न मजदुर थिए । श्रमिक वर्गभित्र किसान पनि पथ्र्यो । परन्तु शोषित वर्गमा मजदुर अगाडि थिए । सङ्घर्ष पनि मालिक र मजदुर वर्गको सीमा नै थियो ।

सत्ता सञ्चालनमा मालिक वर्ग प्रत्यक्ष रूपले संलग्न थिए । मजदुर ठूलो सङ्ख्यामा कारखानामा काम गर्थे । लेनिनले कारखानालाई ब्यारेक पनि भन्नुभएको थियो । त्यसैले लेनिनले क्रान्तिको कार्यदिशा निर्माण गर्दा पुँजीवादभित्रको मजदुर वर्गलाई निर्माण र किसान वर्गलाई सहयोगी वर्ग वनाएर जनविद्रोहको कार्यदिशा निर्माण गर्नुभयो र रुसमा क्रान्ति सफल भयो ।

माओले चीनमा क्रान्ति गर्दा विश्वको मूल प्रवृत्ति पुँजीवाद हुँदाहुँदै पनि सामन्तवादी एवम् अर्धसामन्तवादी आर्थिक तथा राजनीतिक व्यवस्था पनि थियो । चीनमा श्रमिक वर्गका रूपमा मजदुर भए पनि मुख्य श्रमिक शक्ति किसान थियो । त्यसैले क्रान्तिको कार्यदिशा गाउँबाट सत्ता निर्माण गर्दै सहरलाई जित्ने कार्यदिशा वैज्ञानिक हुथ्यो र माओले त्यही विचारलाई विकास गर्दै जनयुद्धको कार्यदिशा प्रयोग गर्नुभयो र क्रान्ति सफल पार्नुभयो ।

नेपालमा आज अर्धसामन्त र दलाल पुँजीवादी वर्ग हाबी भएको छ । यहाँ औद्योगिक विकास भएको छैन । भएको औद्योगिक विकास पनि बन्द गरिएको छ । विदेशी वस्तु ल्याएर यहाँको बजार कब्जा गर्ने दाउमा साम्राज्यवादी शक्ति लागिपरेका छन् । उत्पादनको आधार बाहिर भर पर्नुपर्ने अवस्था छ । युवा शक्ति आफ्नो जीविका चलाउन नसकेर विदेश पलायन भएको अवस्था छ । रेमिट्यान्सले देश चलाइएको छ । किसानसँग उत्पादन गर्ने जमिन छैन । भएको जमिन भूमाफिया र दलाल–बिचौलियको हातमा छ । उत्पादन गर्नलाई किसानले ती भूमाफिया र दलालको जमिन महँगो भाडामा लिनुपर्ने अवस्था छ । उत्पादन गरेको वस्तुको बजार बिचौलियाको हातमा छ । उत्पादन गरेको वस्तुले भाउ पाउँदैन । जमिदारलाई भाडा, कुत, मिटरब्याज, बैङ्क र सहकारीको महँगो ब्याज बुझाउनुपर्ने बाध्यता छ । प्राकृतिक प्रकोपले उत्पादन नष्ट हुँदा पनि तिरो तिर्नुपर्ने अवस्था छ । जमिनदारहरूलाई भाडा, कुत, मिटरब्याज तिर्न नसकेर किसान पलायन भएका छन् । युवा शक्ति आफ्नो जीविका धान्न नसकेपछि गाउँ छोडेर सहरतिर सस्तोमा मजदुरी गर्न वा विदेशमा पलायन भएको छ । राज्य सञ्चालक दलाल पुँजीवादी र भूमाफियाको मुठीभित्र कब्जामा छन् वा संरक्षणमा छन् । राजनीतिक दलहरू अस्थायी सरकार सञ्चालनमा लिप्त हुने गरेका छन् भने राजनीतिको आडमा जुझारु अर्थवादमा फस्ने गरेका छन् । सहरमा मजदुर वर्ग प्रवेश गर्न क्रम बढेको छ । श्रमको नाममा विभिन्न एनजीओ, आईजीओ, मेनपावर, कन्सल्टेन्सी, जबसोलुसन, ठेकदारी, कम्पनीको विकास भएको छ । काम नगरी श्रम शोषण गर्ने यी कम्पनीको विकास भएको छ । न्यून तलबमा श्रम लगाउन कारखानाका मालिकले यी कम्पनीको प्रयोग गरेको पाइन्छ । यी कम्पनीले विदेशमा वा स्वादेशमा न्यून तलबभत्तामा श्रमिक बेच्ने काम गर्छन् । कहीँ विद्यार्थी पढ्ने बहानामा, कहीँ वर्करका नाममा कमिसन लिँदै बेच्ने ‘मजदुर दलाल’ को काम यी संस्थाले गरेका छन् । जहाँ एउटा मजदुरले काम पाउन आज कम्तीमा तीनवटा कम्पनी धाउनुपर्छ भने ती तीन कम्पनी पालेर आफू पालिनुपर्ने अवस्था छ ।

रोजगारीका लागि जब सेलुसनले मजदुरको प्रमाणपत्र सङ्कलन गर्ने, त्यसबापत पहिलो महिनाको ५० प्रतिशत तलब काट्ने, त्यो प्रमाणपत्र ठेकेदार कम्पनीलाई दिने, त्यसले पनि मजदुरलाई काम लगाएबापत मासिक २० देखि २५ प्रतिशत लिने, त्यो प्रमाणपत्र ठेकेदारीमार्फत उद्योग वा फ्याक्ट्रीमा पुग्छ जुन मजदुर कम्पनीको मातहतमा नभई ती ठेकेदारबाट सञ्चालन हुने प्रवृत्ति देखापरेको छ । यसमा हेर्दा काम गर्न मजदुरले आफूसहित ४ कम्पनी पालेको देखिन्छ ।

यता किसानले उत्पादन गरेको वस्तुको बजार छैन । खुला अर्थतन्त्र नीतिले वा नेपाल विश्व खाद्य संस्थाको सदस्य भएकाले बाहिरी उत्पादनसँग प्रतिस्पर्धा गरी बेच्नुपर्ने, राज्यले कृषिमा कुनै स्रोतसाधनको व्यवस्था नगर्नेजस्ता समस्याले बिचौलियाले बजार कब्जा गर्ने गर्दा मारमा परेका छन् । जमिन बाँझोमा परिणत भएको छ । यसमा पनि सम्पूर्ण वस्तु विदेशबाट ल्याउनुपर्ने वा कृषिलगायत अन्य ठाउँमा विदेशी लगानी गैरसरकारी संस्थाबाट भित्रिने, त्यसले नेपालको ऋण बोकाउने र आफ्नो उत्पादनको बजार बनाएर फर्कने समस्या देखिएको छ । त्यसैले आज नेपालीको काँधमा पचासौँ हजारभन्दा माथि ऋण लिएर जन्मनुपर्ने अवस्था छ । नेपालीको व्यक्तिगत आम्दानी छैन । यो समस्या समाधान गर्न जन्मसिद्ध जमिनको अधिकारको सुनिश्चितता हुनुपर्छ । यसले नेपामा भएको असमान जमिन वितरण र सुकुमबासी समस्या समाधान गर्न सकिन्छ भने जमिनमाथि सीमितको व्यक्तिको आधिपत्य अन्त्य हुन्छ । जुन जमिन राज्यको स्वामित्वमा हुने गर्छ, त्यो जमिन जन्मिएपछि केका लागि भन्ने सुनिश्चित गरेर राज्यले उपलब्ध गराउँछ र मृत्युपछि स्वतः राज्यको स्वामित्वमा आउँछ । जमिन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदैन । त्यसैले जन्मसिद्ध जमिनको अधिकार सुनिश्चित गर्नु आवश्यक छ ।

अर्काे, नेपालको आजको लडाइँ भनेको पहिलो गरिब किसान र भूमाफियाबीचको, बजार बिचौलिया अन्त्यको लडाइँ, दोस्रो मजदुर र एकाधिकार दलाल पुँजीवादका बीचको अन्तरविरोध, तेस्रो विदेशी व्यापारी र स्थानीय व्यापारीहरूबीचको अन्तरविरोध, चौथो दलाल पुँजी र राष्ट्रिय पुँजीबीचको अन्तरविरोध, पाँचौँ समग्र उत्पीडित नेपाली जनता र दलाल पुँजीपति सत्ताबीचको अन्तरविरोध प्रमुख रहेका छन । यसमा मुख्य दुस्मन को हो, सहायक दुस्मन को हो भन्ने पत्ता लगाएर विद्रोहको पहिलो कुन वर्ग, दोस्रो कुन वर्ग छुट्ट्याएर सङ्घर्ष घोषणा गर्ने र विद्रोहको तयारी गर्नु आवश्यक देखिएको छ । आज नेपालको बाहिरी दुस्मन दलाल पुँजीवादी, साम्राज्यवादी, विस्तारवादी छ भने यसलाई संरक्षण गर्न नेपालको दलाल संसदीय व्यवास्था नोपली जनताको वर्गीय दुस्मन बनेर उदाएको छ । यो व्यवस्थाको अन्त्यका लागि आजको रणनीतिक कार्यदिशालाई पूरा गर्ने कार्यनिति भनेको स्वाधीन सयुक्त सरकार, संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि, स्वाधीन सरकार बनाउनुपर्ने देखिएको छ । यो प्राप्तिका लागि जनसङ्घर्ष, जनविद्रोह र जनप्रतिरोध आवश्यक छ । यसमा नेपालमा उद्योगधन्दा विकास नभएको र उत्पादनको आधारमा हावापानीअनुसार कृषि भूमि भएकाले ६०.४ प्रतिशत जनता अहिले पनि कृषि क्षेत्रमा आधारित हुँदा यँहा भूमाफिया र बिचौलिया, कृषिमा वैदेशिक हस्तक्षेप भएका कारण यहाँ किसानहरू मरमा परेका छन् । अर्कातिर सामन्तवादको अवशेष हराइनसकेको, पुँजीवाद पनि नआएको अवस्थामा यहाँ अर्धसामन्तवाद र दलाल पुँजीवाद हाबी भएको अवस्था छ । यस्तो अवस्थामा किसान वर्गलाई प्रमख र मजदुर वर्गलाई सहायक बनाएर विद्रोहको कार्यदिशा तयार गर्नु आजको नेपालको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :