सिन्धुपाल्चोकमा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

सिन्धुपाल्चोकमा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

मेलम्ची : नेकपा (बहुमत) सिन्धुपाल्चोकले दुईमहिने राष्ट्रिय जागरण तथा सङ्गठनका विस्तार अभियान मेलम्ची नगरपालिकामा उद्घाटन गरेको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक–दोलखा इन्चार्ज विनयराज शर्माको प्रमुख आतिथ्य र जिल्ला संयोजक प्रतीकको अध्यक्षतामा अभियान उद्घाटन गरिएको हो ।

सयौँ पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकको उपस्थिति रहेको कार्यक्रममा सम्बोधन गर्दै विनयराजले वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्न सबैजना एकजुट भएर लड्नुपर्ने र यसका लागि जनताको साथ अनिवार्य आवश्यकता रहेको बताए । उनले दलाल संसदीय व्यवस्था रहेसम्म देश स्वाधीन नहुने, जनतन्त्र, जनजीविका र राष्ट्रियता धरापमा रहने भएकाले सबै किसिमका समस्या अन्त्य गर्नका लागि जनदबाब, जनसङ्घर्ष र जनप्रतिरोध हुने पनि बताए ।

जिल्ला संयोजक प्रतीकले दुईमहिने अभियानले नेकपा (बहुमत) अझै नयाँ उचाइमा जाने बताए । अभियान केन्द्रीय कार्यक्रम भएकाले जिल्लाभरि वालपेन्टिङ गर्नुका साथै जिल्लाभरि अभियानलाई तीव्र बनाएर वडादेखि एकाइ समितिसम्म निर्माण गरिने बताए । कार्यक्रमको सञ्चालन युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विनोद दनुवारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :