युवा जनस्वयम्सेवकले मिटरब्याजीविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई दियो ज्ञापन

युवा जनस्वयम्सेवकले मिटरब्याजीविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई दियो ज्ञापन

काठमाडौँ : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजी शोषणलगायत समाजमा विद्यमान आर्थिक विकृति र अन्यायविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

युवा जनस्वयम्सेवक नेपालका अध्यक्ष हरिश भट्टले बिहीबार दिएको जानकारीअनुसार सङ्गठनले सर्वसाधारण जनताका समस्या समाधान गर्न सहयोग पुर्याउने उद्देश्यले मिटरब्याजी शोषणविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौँ उपत्यकामा यसअघि नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकिएको छ । ज्ञापनपत्रमा अध्यक्ष भट्टले हस्ताक्षर गरेका छन् ।

ज्ञापनपत्र बुझ्ने क्रममा प्रमुख जिल्ला अधिकारीहरूले युवा सङ्गठनले राम्रो अभियान ल्याएकाले आफूहरूको पूरा सहयोग रहने बताएको जानकारी युवा स्वयम्सेवकका अध्यक्ष भट्टले दिए ।

यसअघि साउन १० गते अध्यक्ष भट्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जनताको उठीबास लगाउने मिटरब्याजी प्रथा खारेज गर्न, यस किसिमका जनतामारा सूदखोर र ठगहरूलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :