मालेमाभन्दा बाहिरबाट कुनै पनि उत्पीडनको अन्त्य हुन सक्तैन : सुदर्शन

दलित राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा दर्शन नेपाली चयन

मालेमाभन्दा बाहिरबाट कुनै पनि उत्पीडनको अन्त्य हुन सक्तैन : सुदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले उत्पीडित समुदायको मुख्य दुस्मन दलाल सत्ता भएकाले त्यसका विरुद्ध विद्रोह गरी समानतामूलक र न्यायपूर्ण वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट दलित राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौँमा शुक्रबार आयोजना गरेको विशेष राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पार्टी प्रवक्ता सुदर्शनले मालेमाभन्दा बाहिरबाट कुनै पनि उत्पीडनको अन्त्य हुन नसक्ने पनि बताए ।

भेला उद्घाटन गर्दै पार्टी प्रवक्ता सुदर्शनले दलित आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने धारणा पनि राखे । उनले भने, ‘मालेमाभन्दा बाहिरबाट कुनै पनि उत्पीडनको अन्त्य हुन सक्तैन । दलित समुदायका मित्र शक्ति किसान, मजदुर, उत्पीडित जाति र क्षेत्र भएकाले अब उत्पीडितहरूले एउटै मोर्चा बनाएर उत्पीडक सत्ता र शक्तिविरुद्ध लड्नुपर्नेमा उनले जोड दिए ।

मोर्चाको विशेष राष्ट्रिय भेलाले दर्शनकुमार नेपालीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नेकपा (बहुमत) का कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’, बाबुराम गजमेर र सचिवालय सदस्यहरू शरद रसाइली तथा पूर्णबहादुर सिंहले भेला सफलताको शुभकामना मन्तव्य राखेका थिए । उक्त भेलामा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्यहरूको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :