दार्चुलामा नेकपा (बहुमत) को गर्जन

दार्चुलामा नेकपा (बहुमत) को गर्जन

शैल्यशिखर (दार्चुला) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुलाको आयोजनमा शैल्यशिखर नगरपालिका ९ नाइलमा भानी महरको संयोजकत्वमा ९ सदस्यीय टोल समिति गठन भएको छ ।

समिति गठन गर्न आयोजित भेलामा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज प्रकाश थापाले दलाल पुँजीवादी व्यवस्थाले जनतामाथि ब्रह्मलुट मच्चाइरहेकाले त्यसका विरुद्ध सशक्त रूपमा प्रतिकार गर्नुपर्ने र भ्रष्टाचारी एवम् घुसखोरहरूलाई जनकारबाही गर्नुपर्ने उद्घोष गरे ।

कार्यक्रममा पार्टी जिल्ला संयोजक विजय लेखक, जिल्ला सदस्यहरू नरेन्द्र जोशी, गणेश ओड, गोविन्द बिष्टलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :