नेकपा (बहुमत) पाल्पाले ओत लाग्न दियो त्रिपाल

नेकपा (बहुमत) पाल्पाले ओत लाग्न दियो त्रिपाल

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पाल्पाले बर्सात्को समयमा घरमा छानाबाट पानी चुहिएर भिजेको परिवारलाई त्रिपाल उपलब्ध गराएको छ । पाल्पा बगनासकाली गाउँपालिका चापपानीका किसान ईश्वरी विकलाई आज त्रिपाल हस्तान्तरण गरिएको हो ।
त्रिपाल हस्तान्तरण गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का पाल्पा जिल्ला संयोजक दिग्दर्शनले आफूहरूको लडाइँ सर्वहारा, गरिब, किसान, महिला, दलित, विभिन्न उत्पीडित जातजातिका पक्षमा भएकाले श्रमिकका पक्षमा सकेजति सहयोग गर्ने र न्यायका पक्षमा लड्ने बताए । उनले विगतमा विभिन्न पार्टी र नेताले आश्वासन दिएर ढाँटेको र श्रमजीवी वर्गलाई भ्रममा पारेको सन्दर्भ कोट्ट्याउँदै त्यस्ता भ्रमबाट मुक्त भएर सस्ता आश्वासनमा नफसी आफ्नो वर्गको मुक्तिका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।
संयोजक दिग्दर्शनले संसद्वादी दलका नेताहरूको आफूहरूलाई चाहिँदा मात्रै खोज्ने, आश्वासन दिने, प्रलोभनमा पार्ने, भ्रममा पार्ने, अरू बेला बेवास्ता गर्ने प्रवृत्तिलाई तुरुन्तै पहिचान गरी त्यस्ता नेता र दलहरूलाई गाउँगाउँबाट लखेट्नुपर्ने पनि बताए ।
त्रिपाल हस्तान्तरण कार्यक्रममा युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संयोजक मोहन निवाङको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :