नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वको अध्यक्षमा समर निर्वाचित, ३९ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौँ : विप्लव समूह संसदीय संसद्‌वादी बनेर गएपछि पुनर्गठित नेकपा (बहुमत) का पक्षमा देशभित्र लहर आएकै समयमा प्रवासी नेपालीहरू पनि क्रान्तिकारी आन्दोलनमा ध्रुवीकृत हुने लहर बढेको छ । यसै क्रममा पश्चिमएसियामा रहेका नेपालीहरूले बृहत् कार्यक्रम आयोजना गरी नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व केन्द्रीय समिति पुनर्गठन गरेका छन् ।

प्राप्त समाचारअनुसार समर खत्रीको नेतृत्वमा ६ जना पछि समावेश गर्ने गरी ३९ सदस्यीय नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व केन्द्रीय समिति निर्माण गरिएको छ ।

समाचारमा जनाइएअनुसार मोर्चाको अध्यक्षमा समर खत्री (यूएई), वरिष्ठ उपाध्यक्षमा एसटी, उपाध्यक्षहरूमा विकल्प (कुवेत), क्रान्ति (यूएई), गोमा थापा (कतार), माधव घिमिरे (साउदी), साजन गुरुङ (कतार), तिलक पुन (साउदी), सचिवमा ओम दवाडी (ओमन), कोषाध्यक्षमा कमल पोख्रेल (यूएई) प्रवक्तामा अशोक केसी (यूएई) चयन भएका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यहरूमा मनमोहन सिंह (कतार), सुवास गिरी (कतार), ज्ञानेन्द्रराज भारती (कतार), खिमबहादुर पुन (कतार), विवश जिम्बा (कतार), देव बिस्ट (कतार), विवश लिम्बू (कतार), तोया भट्ट ‘मिलन’ (साउदी), सुवास मगर (साउदी), कैलाश मैनाली (किसु) (साउदी), पर्साराम घर्तीमगर (साउदी), आरजी एम मगर (साउदी), देवु तामाङ (साउदी), हरिचन्द्र झाँक्री (साउदी), प्रेमा सुब्बा (यूएई), डीएस नेपाल (यूएई), शेरबहादुर खड्का (यूएई), रूपेश क्षेत्री (यूएई), मार्सल (यूएई), पशुपति खड्का (यूएई), अर्जुन खड्का (यूएई) र हरि रोका (इराक) रहेका छन् ।

यसैगरी मोर्चाको सल्लाहकार समितिमा तीर्थ पाख्रिन (साउदी) रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :