नेकपा (बहुमत) मकवानपुरले पनि ज्ञपानपत्र बुझायो

नेकपा (बहुमत) मकवानपुरले पनि ज्ञपानपत्र बुझायो

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरले जनताका समस्याहरु तत्काल समाधान गर्न माग गर्दै विभिन्न ठाउँका मेयरलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुर जिल्ला अन्तरगत हेटौँडा उप–महानगर कमिटीका इन्चार्ज मिनबहादुर गौतम र संयोजक साजन योन्जन, हेटौँडा गढी गाउँपालिका इन्चार्ज नेत्र गौतम, बागमती नगरपालिका कमिटीका इन्चार्ज भक्त माँझी र संयोजक अनिलले शुक्रबार उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

हेटौँडा उप–महानगरपालिकामा जनताका विरुद्ध गरिएका उत्पीडन, शोषण, दलालहरुका माध्यमबाट प्राकृतिक सन्तुलन नै गुम्नेगरी भएका प्राकृतिक साधन स्रोतमाथिको दोहन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण, जग्गा दलाली, मिटर ब्याजी, लघुबित्त र वित्तीय संस्थाबाट भएका आर्थिक अनियमितता र जनताको सम्पत्ति हडप्ने, निजी विद्यालयहरुले महँगो शुल्क लिने जस्ता कार्य तत्काल रोक्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

साथै ज्ञापनपत्रमा भनिएको छ, ‘सबैखाले दलाल, जनतामारा, भ्रष्टाचारी, मिटर ब्याजी, शक्षिक तथा स्वास्थ्यका माफिया र व्यापारी, क्रसर उद्योगका नाममा भएको अनियमित र प्राकृतिक प्रकोप निम्त्याउने गरी नदी खोलाबाट निकालिएका गिटी बालुवा निकाल्ने, बेच्ने र निकाल्न अनुमति दिने, जनताको खेती योग्य जमिन प्लटिङ गरेर बेच्ने दलालहरुलाई उचित कारवाही गर्न बाध्य हुनेछ । यस विषयमा महानगरपालिका समयमा नै सचेत भएर तुरुन्तै पहल लियोस् भन्ने अपेक्षा पनि लिएका छौँ ।’
ज्ञापनपत्रहरूको पूरापाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :