मजदुरमाथि दमन नगर्न बनेपा नगरपालिकालाई नेकपा (बहुमत) काभ्रेको चेतावनी

मजदुरमाथि दमन नगर्न बनेपा नगरपालिकालाई नेकपा (बहुमत) काभ्रेको चेतावनी

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रेले बनेपा नगरपालिकाले मजदुरमाथि गरेको दमनको निन्दा गर्दै अब फेरि दमन गरिएमा प्रतिरोध गर्ने चेतावनीसहित नगरप्रमुख शान्ति शाक्यलाई ज्ञापनपत्र दिएको छ ।

बनेपा नगरपालिकामा ठेलागाडा चलाई मजदुरी गरी खाने श्रमिक वर्गमाथि नगर प्रहरीले बुट बजार्नुका साथै लाठी प्रहार गरी घाइते बनाएपछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको घोर निन्दा र भत्र्सना गरेको छ ।

बनेपा नगरमा मजदुरी गरी जीविकोपार्जन गर्ने ५० भन्दा बढी मजदुरको रोजीरोटी नै खोस्ने गरी ठेलागाडामाथि नगरपालिकाले दमन गरेको थियो । उक्त दमनविरुद्ध नेकपा (बहुमत) काभ्रे जिल्ला इन्चार्ज र संयोजकसहितको टोलीले शुक्रबार पीडित मजदुर भेला गरी छलफल गरेर घटनाको वास्तविकता बुझेको थियो । त्यसपछि नगरप्रमुखलाई ज्ञापनपत्र दिइएको हो । जिल्ला इन्चार्ज प्रतापले मजदुरमाथि भएको अन्यायका विरुद्ध सङ्घर्षमा साथ दिन र नआत्तिन पनि आग्रह गरेका छन् ।

नेकपा (बहुमत) का नेताहरूले नगर प्रमुखलाई भेटेर मजदुरलाई तत्काल श्रमबाट विमुख हुने गरी विस्थापित गर्नुभन्दा पहिला उनीहरूको उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

नगर प्रमुखसँगको छलफलका क्रममा पार्टीका नेताहरूले श्रमिकमाथिको ज्यादती नदोहोर्याउन चेतावनी दिँदै भाबी दिनमा पार्टीसँग सहकार्य गर्ने वातावरण बनाउनुपर्ने बताएका थिए । देशमा विद्यमान सबै समस्या हल गर्न पार्टी अग्रसर रहेको तर शक्तिको दुरुपयोग गरी मजदुरमाथि दमन गरिएमा यसको प्रतिकार गर्न पार्टी तयार रहेकाले त्यसपछि उत्पन्न परिणामको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :