एमसीसी, मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारीलगायत विकृतिविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) बर्दियाको निर्णय

एमसीसी, मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारीलगायत विकृतिविरुद्ध सङ्घर्ष गर्ने नेकपा (बहुमत) बर्दियाको निर्णय

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दियाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी जिल्ला संयोजक शक्तिको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज समरजङ्ग, जिल्ला इन्चार्ज अनन्त र विपीनको विशेष उपस्थिति रहेको थियो ।

बैठकमा पार्टीको रणनीति, कार्यदिशा, कार्यनीति, कार्यक्रम र कार्ययोजनाका विषयमा ब्युरो इन्चार्ज समरजङ्गले निर्देशनात्मक भनाइ राखेका थिए । जिल्लाको समग्र योजनाका बारेमा जिल्ला इन्चार्ज अनन्तले व्याख्या गरेका थिए ।

बैठकले २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । त्यसैगरी बैठकले एमसीसी, मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारी, तस्करी, मिटरब्याजीलगायत मुद्दामा जिल्लाव्यापी सङ्घर्ष घनीभूत गर्ने निर्णय गरेको जानकारी पार्टीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :