नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न

नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न

धनकुटा : नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न भएको छ । नेकपा (बहुमत) का पूर्वी ब्युरो इन्चार्ज निर्मलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नवौँ महाधिवेशन आयोजक समितिका सदस्य निश्चलको पनि उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय गीत बजाएर सुरु गरिएको उक्त भेलाको अध्यक्षता निरप्रताप र सञ्चालन उपेन्द्रले गरेका थिए ।

भेलामा प्रमुख अतिथि निर्मलले संसदीय संशोधनवादका विरुद्ध धनकुटामा क्रान्तिकारी झन्डा उठाउनु गर्विलो इतिहास र वर्तमानको अभिभारा भएको बताए । उनले विप्लव नेतृत्वको पार्टी संसदीय संशोधनवादमा पतन भएपछि वैचारिक श्रेष्ठताका आधारमा नेकपा (बहुमत) पुनर्गठन गरिएको प्रस्ट पारे ।

भेलाले मोहन घले ‘अतुल’ को संयोजकत्वमा ७ सदस्यीय संम्मेलन आयोजक समिति निर्माण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :