नेकपा (बहुमत) बाँकेको दोस्रो बैठक सम्पन्न

नेकपा (बहुमत) बाँकेको दोस्रो बैठक सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँकेको दोस्रो बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) बाँके जिल्ला संयोजक कृ्ष्णा शाहको अध्यक्षता र सञ्चालनमा बसेको बैठकमा पार्टी सचिवालय सदस्य एवम् कर्णाली ब्युरो इन्चार्ज समरजङ्ग, जिल्ला इन्चार्ज अनन्त र विपीनको विशेष उपस्थिति रहेको थियो ।

ब्युरो इन्चार्ज समरजङ्गले बैठकमा सहभागी पार्टीका जिल्ला नेता–कार्यकर्तालाई समसामयिक परिस्थिति, पार्टी केन्द्र, ब्युरोको योजना, रणनीति, कार्यदिशा, कार्यनीति र कार्यक्रमका बारेमा प्रशिक्षित गरेका थिए ।

बैठकले १९ जनाको जिल्ला सम्मेलन आयोजक समिति गठन गर्नुका साथै युवा, विद्यार्थी, महिला, मजदुर, किसान र विभिन्न मोर्चाका जिल्ला संयोजकहरू तोकेको छ । बैठकले आगामी असोज महिनासम्ममा सबै जनवर्गीय सङ्गठनहरूका भेला–सम्मेलनहरू सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :