आत्महत्या गर्न बाध्य पार्ने मिटरब्याजी कारोबार तत्काल बन्द गर्न नेकपा (बहुमत) को आग्रह

मिटरब्याजी र लघुवित्त आर्थिक कारोबारले गरिब जनताको उठीबास लगायो : प्रवेश

आत्महत्या गर्न बाध्य पार्ने मिटरब्याजी कारोबार तत्काल बन्द गर्न नेकपा (बहुमत) को आग्रह

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीले विज्ञप्ति जारी गर्दै लघुवित्तीय कारोबारले गरिब जनतालाई उठीबास लगाएको बताएको छ । जिल्ला इन्चार्ज प्रवेशले आज विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि गरिब, निमुखा र उत्पीडित वर्गलाई लक्षित गरी आर्थिक आधार कमजोर रहेका क्षेत्र, गाउँ, सहरी भेगमा समस्याहरू सुल्झाउने नाममा लघुवित्त संस्थाहरूले आमा, दिदीबहिनीहरूलाई विभिन्न बहानामा ब्ल्याकमेलिङ गरी १८ देखि ३६ प्रतिशतसम्म ब्याज लगाई घरगृहस्थी तहसनहस बनाएको र आत्महत्यासम्मको कार्य गर्न बाध्य बनाएको यथार्थ देखिन आएकाले यस्ता आर्थिक सामाजिक सरोकारका विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका सहुलियत सहजीकरणका नाममा हुने गरेको गैरकानुनी, गैरजिम्मेवार कार्य मिटरब्याजी र लघुवित्त आर्थिक कारोबार तत्काल बन्द गर्न हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिको पूरा पाठ यसप्रकार रहेको छ :

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नेपाली कम्युनिस्ट आन्दोलनको शृङ्खलाबद्ध रूपमा आएको सर्वविदितै छ । हाम्रो पार्टी श्रमजीवी र उत्पीडित जनताको अग्रदस्ता हो । राष्ट्रियता, जनजीविका र जनतन्त्रको सवालमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । यसै क्रममा विगत लामो समयदेखि गरिब, निमुखा र उत्पीडित वर्गलाई लक्षित गरी आर्थिक आधार कमजोर रहेका क्षेत्र, गाउँ, सहरी भेगमा समस्याहरू सुल्झाउने नाममा लघुवित्त संस्थाहरूले आमा, दिदीबहिनीहरूलाई विभिन्न बहानामा ब्ल्याकमेलिङ गरी १८ देखि ३६ प्रतिशतसम्म ब्याज लगाई घरगृहस्थी तहसनहस बनाएको र आत्महत्यासम्मको कार्य गर्न बाध्य बनाएको यथार्थ देखिन आएकाले यस्ता आर्थिक, सामाजिक सरोकारका विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यसप्रकारका सहुलियत सहजीकरणका नाममा हुने गरेको गैरकानुनी, गैरजिम्मेवार कार्य मिटरब्याजी र लघुवित्त आर्थिक कारोबार तत्काल बन्द गर्न हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ । अतः यी र यस्ता गैरजिम्मेवार र जनहितविपरीत कार्यबाट आजित जनसमुदायबाट हुने सङ्घर्षप्रति हाम्रो पार्टीको समर्थन रहने कुरा जानकारी गराउँछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :