पेट्रोलियम पदार्थको मूल्य अझै घटाऊ, किसानलाई आवश्यक मल, बिउका लागि आन्दोलन जारी छ : नेकपा (बहुमत)

पेट्रोलियम पदार्थको मूल्य अझै घटाऊ, किसानलाई आवश्यक मल, बिउका लागि आन्दोलन जारी छ : नेकपा (बहुमत)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले शुक्रबार विज्ञप्ति जारी गर्दै सात महिनाअघि १२२ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढाएर देउवा सरकारले १८१ रुपैयाँ पुर्याएको र आफ्नो पार्टीलगायत सबैको आन्दोलनको दबाबपछि आँखामा छारो हाल्दै पेट्रोलियम पदार्थमा दस रुपैयाँ मात्र मूल्य घटाएकाले सरकारले छरेको भ्रममा नपर्न आम उपभोक्तालाई आग्रह गरेका छन् ।

आन्दोलनको उपलब्धिस्वरूप दस रुपैयाँ मूल्य घटाउन भ्रष्ट आयल निगम बाध्य भएको कुरालाई उपलब्धिका रूपमा लिँदै प्रवक्ता सुदर्शनले तत्कालका लागि पार्टीले पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिविरुद्ध यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको र अन्य विधिद्वारा महँगी, भ्रष्टाचार, अनियमितताका विरुद्ध किसानलाई आवश्यक पर्ने मल, बिउका लागि आन्दोलन जारी राख्ने पनि बताएका छन् ।

प्रवक्ता सुदर्शनद्वारा जरी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाललाई लिएर निरन्तर सङ्घर्ष गर्दै आएको छ । शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले पेट्रोलियम पदार्थलगायत जनताको उपभोग्य वस्तुको मूल्य निरन्तर वृद्धि गरिराखेको छ । त्यसमा पनि पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भएको छ । २०७८ कात्तिक २४ गते वृद्धि भएर पेट्रोलको मूल्य रु. १३९, डिजेलको मूल्य रु. १२२ थियो । पछिल्लोक्रममा ७ महिनामै पेट्रोलको मूल्य रु. १८१ पुर्याएर केवल रु.१० मात्र घटाई जनताको आँखामा छारो हाल्ने काम गरिएको छ । त्यसैले आम उपभोक्तालाई यसबाट भ्रमित नहुन हाम्रो पार्टी अनुरोध गर्दछ ।’

नेता सुदर्शनको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तर पनि अहिलेका लागि सबैले गरेको आन्दोलनका कारण भ्रष्ट नेपाल आयल निगम थोरै भए पनि मूल्य घटाउन बाध्य भएको छ । यसलाई उपलब्धिकै रूपमा लिनु पर्दछ । तसर्थ तत्कालका लागि हाम्रो पार्टीले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरी अन्य विधिद्वारा महँगी, भ्रष्टाचार, अनियमितताका विरुद्ध किसानलाई आवश्यक पर्ने मल, बिउका लागि आन्दोलन गरिराख्ने छ ।’ प्रेस विज्ञप्तिको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :