नेपाल कम्युनिस्ट पार्टी (बहुमत) झापाको विशेष जिल्ला भेला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) झापाको विशेष जिल्ला भेला

झापा : नेकपा (बहुमत) का पूर्वी ब्युरो इन्चार्ज निर्मल, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू नरेश, प्रवीण्, निश्चल, अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य देहज बिष्टलगायत अतिथिको उपस्थिति र ज्येष्ठ सदस्य झुरेन्द्र पाण्डेको अध्यक्षतामा नेकपा –बहुमत) झापाको बैठक बसेको छ । बैठकले संसदीय संशोधनवादका विरुद्ध क्रान्तिकारी झन्डा फहराउने उद्घोष पनि गरेको छ ।

भेलामा पार्टी कार्यालय सदस्य निर्मलले विप्लव नेकपाको मूल नेतृत्वमा सङ्घर्षको कोणबाट आत्मसुरक्षावाद, सङ्गठनको कोणबाट निषेधात्मक अभिधूतवाद, सैद्धान्तिक कोणवाट सारसङ्ग्रहवाद, आर्थिक कोणबाट जुझारु अर्थवाद, राजनीतिक कोणबाट संसदीय संशोधनवादको समस्या देखिएकाले संसदीय संशोधनवादविरुद्ध क्रान्तिकारी झन्डा उठाउनुपर्ने बाध्यता भएको बताए । भेलामा नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू नरेश, प्रवीण, निश्चललगायतले बोलेका थिए ।

जितु तामाङले सञ्चालन गरेको उक्त भेलाको अध्यक्षता ज्येष्ठ सदस्य झुरेन्द्र पाण्डे र स्वागत कमल सहनीले गरेका थिए । भेलाले जितु तामाङको संयोजकत्वमा १५ सदस्यीय जिल्ला संम्मेलन आयोजक समिति निर्माण गर्नुका साथै मङ्सिरभित्र जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :