विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा समाहित

विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा समाहित

कैलाली : विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा समाहित भएका छन् ।

चुनावको उपयोगबारे भएको विवादसँगै विप्लव नेतृत्वको नेकपाबाट विप्लव–प्रकाण्डलाई कारबाही गरी नेकपा (बहुमत) पुनर्गठन भएको थियो । विप्लव समूह संसदीय व्यवस्थामा फर्किएको भन्दै नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को नेतृत्वमा नेकपा (बहुमत) पुनर्गठन गरिएको हो ।

बहुमतले देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनलाई उपयोग गर्नु संसदीय भासमै जानु हो भन्ने निष्कर्ष निकाल्दै पार्टीको बहुमत चुनाव उपयोगका विपक्षमा उभिएको थियो । चुनाव उपयोगको नतिजा सोचेजस्तो नआएपछि विप्लव समूहले नयाँ कार्यनीति बनाउने भनी अलमल्याइरहेको समयमा नेता–कार्यकर्ताहरू भने विद्रोह गर्दै नेकपा (बहुमत) तिर ढल्किएका छन् । चुनावमा सहभागीहरू भएका अधिकांश उम्मेदवारको धरौटीसमेत फिर्ता भएन ।

यसैगरी शुक्रबार कैलालीमा कार्यक्रम आयोजना गरी विप्लव समूहसहित विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेताहरू नेकपा (बहुमत) मा प्रवेश गरेका छन् । उनीहरूले अबको क्रान्तिकारी शक्ति भनेकै कञ्चन नेतृत्वको नेकपा (बहुमत) भएकाले आफूहरू समाहित भएको बताएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नं. २ बाट विभिन्न पार्टी परित्याग गरी २५ भन्दा बढी नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई हार्दिक बधाईसहित स्वागत गरिएको छ ।

विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा ध्रुवीकृत हुनेहरूको नामावली यसप्रकार रहेको छ :

१) चित्रा नेपाली पूर्वजनमुक्ति सेनाको नेतृत्वमा नेकपाबाट ४ जना, २) शिव चौधरीको नेतृत्वमा माओवादी केन्द्रबाट ३ जना, ३) प्रशान्त चौधरीको नेतृत्वमा काङ्ग्रेसबाट १७ जना, ४) टीकाराम चौधरी, ५) सुशीला विक, ६) भीम चौधरी, ७) रूपेश चौधरी, ८) हर्क चौधरी, ९) तुलसी सिंह, १०) कमला गिरी, ११) तेजराज चौधरी, १२) अमराज चौधरी, १३) भरत बिष्ट, १४) भुवन बिष्ट, १५) मीना बस्नेत, १६) करिश्मा बस्नेत, १७) जुगानी चौधरी, १८) हरिराज चौधरी, १९) सुरेश बिष्ट, २०) रमना विक, २१) प्रकाश निउरे, २२) निराजन निउरे, २३) प्रकाश न्यौपाने र २४) विष्णु रोकाया ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :