नेकपा (बहुमत) चितवनद्वारा संयुक्त भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा (बहुमत) चितवनद्वारा संयुक्त भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले भरतपुर महानगरपालिकामा संयुक्त भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार भरतपुर महानगरपालिकाको विरेन्द्र क्याम्पसमा अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा भेटघाट तथा प्रशिक्षण सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा चितवनका संयोजक महेशको प्रमुख आतिथ्यमा नवौँ महाधिवेशन आयोजक समिति सदस्यहरु ध्रुव, विजय, प्रेम, हुकुम, रणदिप, कृष्ण बराल र जिल्ला सल्लाहकार बलराम राउतको उपस्थिति रहेको थियो ।

संयुक्त भेटघाट तथा प्रशिक्षण कार्यक्रमको सञ्चालन नवौँ महाधिवेशन आयोजक समिति सदस्य राजकुमारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :