पार्टी निर्णयविपरीत चुनावमा जाने खिम घर्तीमाथि कारबाही

पार्टी निर्णयविपरीत चुनावमा जाने खिम घर्तीमाथि कारबाही

अर्घाखाँची : नेकपा (बहुमत) अर्घाखाँचीले जिल्ला पार्टीको पूर्ण बैठकको निर्णयविपरीत तत्कालीन जिल्ला सेक्रेटरी खिम घर्ती (माहुरी) ले जबर्जस्ती स्वतन्त्र उम्मेदवार उठाउने, दलाल संसदीय व्यवस्थाका मतियारसँग साँठगाँठ गर्ने, कथित चुनावमा एमसीसी पक्षधरलाई मत माग्ने, मतदान केन्द्रमा गई मत माग्ने, उम्मेदवार नामावली मनोनयनका क्रममा गठबन्धनका उम्मेदवार बोकेर निर्वाचन कार्यालय गएकाले उनलाई कारबाही गरेको छ ।

नेकपा (बहुमत) का जिल्ला संयोजक नवीन खड्का ‘बारुद’ ले विज्ञप्ति जारी गर्दै पार्टी जिल्लाका दुई तिहाइभन्दा बढी जिल्ला सदस्य, जवस, जातीय मोर्चा, पालिका समितिहरू, सबै एकढिक्का भई समाजवादी क्रान्तिका पक्षमा रहेकाले माहुरीको नाउँमा जारी विज्ञप्तिको भ्रममा नपर्न पनि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :