नेकपा (बहुमत) का संयोजक कञ्चनको गिरफ्तारी देउवा सरकारको फासिवादी हर्कत : मोहन वैद्य

नेकपा (बहुमत) का संयोजक कञ्चनको गिरफ्तारी देउवा सरकारको फासिवादी हर्कत : मोहन वैद्य

काठमाडौँ : नेकपा (क्रान्तिकारी माअ‍ेवादी) ले नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीप्रति घोर निन्दा र भत्र्सना गर्दै देउवा सरकारलाई यो फासिवादी हर्कत बन्द गर्न चेतावनी दिएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले बिहीबार अपराह्न विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो गिरफ्तारी शान्तिपूणर् रूपमा देशभर आवतजावत गर्न पाउने आमनागरिकको नैसर्गिक अधिकारमाथिको ठाडो हस्तक्षेप हो । हाम्रो पार्टी नेपाल सरकारको यसप्रकारको फासिवादी कदमको घोर विरोध र तीव्र भत्र्सना गर्छ ।’

नेता किरणले सरकारको यस्तो लोकतन्त्रविरोधी हर्कतका विरुद्ध आवाज उठाउन सच्चा लोकतन्त्रवादी तथा वामपन्थी पार्टी, सङ्गठन एवम् व्यक्तित्वहरूमा हार्दिक अपिल पनि गरेका छन् । नेता किरणले संयोजक कञ्चनको बिनासर्त रिहाइको पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :