यसकारण हामीले संसदीय संशोधनवादसँग विद्रोह गर्यौँ : सुदर्शन

यसकारण हामीले संसदीय संशोधनवादसँग विद्रोह गर्यौँ : सुदर्शन

काठमाडौँ : पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का वरिष्ठ सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका लागि सबैखाले संसदीय संशोधनवादका विरुद्ध सङ्घर्ष गर्न र कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई संस्थागत गर्न विशेष राष्ट्रिय भेला सम्पन्न भएको बताएका छन् । तत्कालीन नेकपाका महासचिव विप्लवले क्रान्तिकारी आन्दोलन अघि नबढाएर पार्टीको नेतृत्व विचलनको बाटोमा गएको अवस्थामा आफ्नो पार्टीले विशेष राष्ट्रिय भेला आयोजना गरेको उनले बताएका छन् ।

राष्ट्रिय भेलापछि काठमाडौँमा सोमबार पार्टीका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता सुदर्शनले विप्लवहरू आजसम्म आइपुग्दा दार्शनिक रूपले सारसङ्ग्रहवादी, राजनीतिक रूपले संसदीय संशोधनवादी, सङ्गठनात्मक रूपले निषेधात्मक अधिभूतवादी तथा विसर्जनवादी, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी भएको बताए । पछिल्लो समय स्थानीय चुनावका बारेमा पार्टीले गरेको चुनावसम्बन्धी निर्णय उल्लङ्घन गरेपछि आफूहरूले त्यसका विरुद्ध विद्रोह गरेर पार्टी पुनर्गठन गरेको उनले बताए ।

चितवनको विशेष राष्ट्रिय भेलाले क्रान्तिको नयाँ कार्यदिशा र कार्यक्रम बनाएको भन्दै नेता सुदर्शनले देश र जनताप्रति सम्पूर्ण रूपले समर्पित भएर वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा निरन्तर अघि बढ्ने, सबैखाले अवसरवाद, संशोधनवाद र साम्राज्यवादका विरुद्ध निरन्तर क्रान्ति गर्ने निर्णय गर्ने उद्घोष पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :