कञ्चन र सुदर्शनमाथि गरिएको कारबाही फिर्ता लिन विप्लवलाई नेकपा सुर्खेतको आग्रह

कञ्चन र सुदर्शनमाथि गरिएको कारबाही फिर्ता लिन विप्लवलाई नेकपा सुर्खेतको आग्रह

काठमाडौँ : नेकपा सुर्खेतले विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वलाई केन्द्रीय समितिको १२ औँ बैठकले गरेका निर्णय पालना गर्न आग्रह गरेको छ ।

पार्टी जिल्ला समिति सदस्यहरू महेश, रत्ना वली, किरण बीसी, लालवीर वली, तिलक, पूर्ण बीसी, पूर्ण तिवारी, सङ्घर्ष, लालबहादुर एलजी र साहानीले संयुक्त रूपमा आइतबार जारी गरेको विज्ञप्तिमा १२ औँ पूर्ण बैठकले गरेको कार्यनीतिक निर्णयलाई मूल नेतृत्वले पालना नगरेकाले रूपान्तरण हुन आग्रह गर्दै र नेता कञ्चन र सुदर्शनमाथि गरिएको कथित कारबाही फिर्ता लिएर रूपान्तरणसहित पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :