कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता नलिए विद्रोहको झन्डा उठ्ने नेकपा डोल्पाको उद्घोष

कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता नलिए विद्रोहको झन्डा उठ्ने नेकपा डोल्पाको उद्घोष

काठमाडौँ : नेकपा डोल्पाले विज्ञप्ति जारी गर्दै दलाल संसदीय व्यवस्थाको निर्वाचनमा पार्टी निर्णयविपरीत सहभागी भई सहिदको सपना, पार्टी आन्दोलन र क्रान्तिको घात गरेको भन्दै संशोधनवादविरुद्ध लड्ने नेता कञ्चन र सुदर्शनलाई कथित कारबाही गर्ने पार्टीको मूल नेतृत्व विप्लवलाई उक्त निर्णय फिर्ता लिई रूपान्तरित हुन आग्रह गरेको छ ।

पार्टी मूल नेतृत्व फुटपरस्त भएको, निषेधात्मक अधिभूतवाद, आत्मसुरक्षावाद, आत्मसमर्पणवाद, नवसंशोधनावाद र दक्षिणपन्थी संशोधनवादी बाटो समातेको भन्दै नेकपा डोल्पाका कार्यालय सचिव अंकले महासचिव विप्लवलाई सैद्धान्तिक, वैचारिक र राजनीतिक बहसका लागि तयार हुन र पार्टी एक ढिक्का बनाउने प्रक्रियामा अगाडि बढ्न पनि आह्वान गरेका छन् ।

विज्ञप्तिमा नेतृत्वको क्रान्तिकारी रूपान्तरणसहित पार्टी र आन्दोलन एकताबद्ध बनाउने प्रयास जारी रहेको र पार्टी नेतृत्व रूपान्तरित भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार नभएमा निराशा र धोकाधडीका बीचबाट फेरि पनि चुनौती मोल्दै क्रान्तिको झन्डा बोकेर सङ्घर्षको नयाँ प्रक्रियामा अगाडि बढ्ने गरी तयार रहन पार्टीको सम्पूर्ण तह र तप्कामा रहेका नेता–कार्यकर्तालाई आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :