नेता कञ्चन र सुदर्शनमाथि कारबाहीको विज्ञप्ति फिर्ता लिन र पार्टीका उम्मेदवारलाई फिर्ता बोलाउन विप्लवलाई नेकपा चितवनको आग्रह

नेता कञ्चन र सुदर्शनमाथि कारबाहीको विज्ञप्ति फिर्ता लिन र पार्टीका उम्मेदवारलाई फिर्ता बोलाउन विप्लवलाई नेकपा चितवनको आग्रह

काठमाडौँ : नेकपा चितवनको बैठकले वैशाख १४ गते पार्टी महासचिवद्वारा प्रेषित विज्ञप्तिमा सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पदमुक्त गरिएको भनी उल्लेख गरिएकोप्रति जिल्ला पार्टी सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन जिल्ला पार्टीको सचिवालयको बैठकले पार्टी महासचिव विप्लवलाई उक्त विज्ञप्ति फिर्ता गरी पार्टीमा देखिएका समस्या समाधान गर्न केन्द्रीय समिति बैठकको जोडदार माग पनि गरेको छ ।

बैठकले पार्टी एकता बनाइराख्न र पार्टी निर्णय पूर्ण रूपमा पालना गर्न पनि माग गरेको छ । बैठकले निर्वाचनमा भाग लिएका पार्टीका सम्पूर्ण उम्मेदवारलाई नाम फिर्ता लिन माग गर्दै एमसीसीविरुद्धको कार्यक्रम, महँगी, भ्रष्टाचारलगायत कार्यक्रम सँगसँगै लैजाने निर्णय पनि गरेको छ ।

विशेष समितिका सेक्रेटरी महेशको अध्यक्षतामा बसेको बैठकमा विशेष समिति सदस्य भीमबहादुर खड्का ‘ध्रुव’, सचिवालय सदस्य दुर्गा सुवेदी, हुकुम खड्का, राजकुमार, प्रेम चौधरी, अञ्जना तामाङ, शिशम, रुद्र गुरुङ, धर्म विश्वकर्मा, कृष्ण बराल, रघुवीर शर्मा, अशोक लामा, रमा गुरुङ, बुद्धि चौधरी, रणदीप, भरत न्यौपाने र मीनप्रसादको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :