पार्टी निर्देशन मान्दै भरतपुर महानगरपलिकाका मेयरका उम्मेदवार सुवेदीले लिए नाम फिर्ता

पार्टी निर्देशन मान्दै भरतपुर महानगरपलिकाका मेयरका उम्मेदवार सुवेदीले लिए नाम फिर्ता

काठमाडौँ : पार्टीको केन्द्रीय समितिको निर्णय र जिल्ला पार्टीको निर्णय र निर्देशन स्वीकार गर्दै भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद शर्मा सुवेदीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । नेकपा चितवन जिल्ला पार्टी सचिवालय सदस्य तथा पूर्वजिल्ला सचिव दुर्गाप्रसाद शर्मा (सुवेदी) ले प्रेस विज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिकाको मेयरका लागि दिएको उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।

सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनको सचिवालयको बैठकको निर्णयअनुसार यस जिल्लामा स्थानीय चुनावमा उम्मेदवारी दिएका पार्टीको जिम्मेवारीमा रहेका कमरेडहरूलाई केन्द्रीय समितिको १२ औँ बैठकले गरेको पार्टी चुनावमा नजाने निर्णयलाई अक्षरशः पालना गर्नका लागि उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशनबमोजिम म जिल्ला पार्टी सचिवालय सदस्य तथा पूर्वजिल्ला सचिव दुर्गाप्रसाद शर्मा (सुवेदी) ले भरतपुर महानगरपालिकाको मेयरका लागि दिएको उम्मेदवारी फिर्ता लिएको जानकारी यही प्रेस विज्ञप्तिमार्फत गराउन चाहन्छु । मेरो यो निर्णयले पार्टी केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयनमा भएको अन्योल, पार्टीमा देखिएको असामञ्जस्य स्थितिको अन्त्य गर्नुका साथै पार्टीलाई एकताबद्ध गर्न सहयोग पुग्नेछ भन्ने पनि विश्वास लिएको छु । यस्तो अवस्थामा एमसीसी विराेधीको प्रतिनिधित्व गर्ने, देशभक्त शक्तिप्रति मेरो सहयोग र समर्थन रहनेछ ।’ विज्ञप्ति ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :