सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँ पालिकाको संयुक्त बैठक तथा प्रशिक्षण

सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँ पालिकाको संयुक्त बैठक तथा प्रशिक्षण

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी हरिहरपुरगढी र मरिण गाउँपालिकाको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार मरिण गाउँ पालिका सेक्रेटरी राजन माझीको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य शशी राईको प्रमुख आतिथ्यमा, अतिथि जिल्ला सेक्रेटरी गोपाल ब्लोन, ओखलढुङ्गा सेक्रेटरी दिनेश सारुको उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै शशी राईले दलाल संसदीय व्यवस्थालाई अन्त्य गरेर वैज्ञानिक समाजवाद ल्याउनको लागि सबै क्रान्तिकारी र सच्चा कम्युनिस्टहरू एक भएर लड्नुपर्ने बताए । त्यसैगरी जिल्ला सेक्रेटरी गोपाल ब्लोनले राष्ट्रघाती एमसीसी केही दलालले सदनबाट पास गरेता पनि, जनताले त्यसलाई अनुमोदन नगरेको बताए । उनले अब सबै जनता र देशभक्त मिलेर देश बचाउनु पर्ने धारणा राखे । त्यस्तै ओखलढुङ्गा सेक्रेटरी दिनेश सारुले दलालहरूलाई गाउँ–गाउँबाट लखेटेर जनताको सत्ता कार्यान्वयन गर्न अपिल गरे ।

कार्यक्रम युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तेज लामाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :