नेकपा भाेजपुरकाे १४ औं पूर्ण बैठक सम्पन्न

नेकपा भाेजपुरकाे १४ औं पूर्ण बैठक सम्पन्न

भाेजपुर: नेपाल कम्युनिस्ट पार्टी भाेजपुरकाे १४ औं पूर्ण जिल्ला बैठक सम्पन्न भएको छ ।
उक्त बैठक नेकपाका केन्द्रिय सदस्य तथा साेलुखुम्बु, खाेटाङ, भाेजपुर जिल्लाका इन्चार्ज चन्द्र बुडाथाेकी सैलेसकाे प्रमुख आतिथ्यता भाेजपुर सेक्रेटरी तिलक गुरुङ्ग राेजकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकद्वारा पारित निर्णयलाई जिल्लामा कार्यन्वयन गर्ने, एमसीसी विरोधी र राष्ट्रवादी शक्तिलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने, राष्ट्रवादी व्यक्तित्वलाई स्वतन्त्र रूपमा चुनाव लड्न प्रेरित गर्ने,
भ्रष्टाचार, महङ्गी र एमसीसीविरुद्ध भण्डाफोर र संघर्ष गर्ने निर्णयसहित जिल्ला पार्टीद्वारा घोषित कार्यक्रमलाई सशक्त ढङ्गले अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकको संचालन भाेजपुर सेक्रेटरी राेजले गरेका थिए ।
भाेजपुर जिल्लाले एकीकृत जनक्रान्तिमा २ जनाले शहादत प्राप्त गरेकाे जिल्ला भएकोले अहिलेसम्म बम बिष्ट, राेहित दाहाल, मणीराम राईसहित ११ जाना बन्दी अवस्थामा नै रहेकाे जिल्ला भएकोले दलाल संसदिय व्यवस्था विरुद्धकाे संघर्षलाई घनिभुत बनाउने र स्थानिय निर्वाचनमा दलाल, भ्रष्ट, राष्ट्रघाती MCC पक्षधरलाई प्रतिराेध गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :